このページの本文へ
  • 学科紹介
  • キャンパス

भाषा मेन्यु

झण्डा क्लिक गर्नुहोस्

कार मेकानिकको सबैभन्दा नयाँ सीप सिकेर कार डिलरमा काम पाउन सक्नुहुन्छ

टोकियोको कार मेकानिक भोकेसनल कलेज निहोन कोगाकुइनको ग्रेड 1 कार मेकानिक कोर्स/ कार मेकानिक कोर्समा सबैभन्दा नयाँ कार मेकानिकको सीप प्राक्टिकल तरिकामा सिक्न सकिन्छ।

निहोन कोगाकुइनमा सिक्दा हुने 5 वटा फाइदाहरू

  • EV, अटोमेटिक ड्राइभ, AI जस्ता सबैभन्दा नयाँ प्रविधि सिक्न सकिन्छ

  • जापानभित्र बाहिरको विभिन्न मेकर र विभिन्न प्रकारको कार मेकानिक सिक्न सकिन्छ

  • जापान राष्ट्रिय योग्यता कार मेकानिक योग्यता हासिल गर्न सपोर्ट

  • जापानभित्र कार मेकर र डिलर, अन्य काम पाउन सकिन्छ, रोजगारी 100%!

  • कलेजले विदेशी विद्यार्थीको पढाई र जीवनमा पूर्ण रूपमा सपोर्ट गर्ने

[ उपलब्ध कोर्स ]

ग्रेड 1 कार मेकानिक कोर्स(4 वर्ष) र कार मेकानिक कोर्स(2 वर्ष)

2 वर्ष भन्ने छोटो समयावधिमा राष्ट्रिय योग्यता “ग्रेड 2 कार मेकानिक” हासिल गरेर प्रोफेसनलको रूपमा काम गर्ने 2 वर्षको कोर्स छ, अनि यो उद्योग क्षेत्रमा सबैभन्दा उत्तम राष्ट्रिय योग्यता “ग्रेड 1 कार मेकानिक” 4 वर्षमा हासिल गर्न सक्ने 4 वर्षको कोर्स उपलब्ध छ।

[ शिक्षाबारे ]

कामको लागि अनिवार्य चाहिने ग्रेड 2 कार मेकानिक योग्यता हासिल गर्न पूर्ण रूपमा सपोर्ट

ग्रेड 2 कार मेकानिक योग्यता हासिल नगरूञ्जेलसम्म प्रत्येक विदेशी विद्यार्थीलाई सपोर्ट। ग्रेड 2 कार मेकानिक योग्यताको पास रेट जापानभरिको टप क्लास।

[ रोजगारी/सपोर्ट ]

मेकर र डिलरमा 100% रोजगारी!

जापानभरबाट रोजगारीको अवसर धेरै। तपाईँले आशा गरेको क्षेत्रमा वा चाहेको काम पाउन कलेजले सपोर्ट गर्छ। विभिन्न मेकर र डिलरमा काम पाउन सकिन्छ। रोजगारी 100%!

[ सुविधाबारे ]

प्रोफेसनलको साइट जस्तै ग्यारेज, अभ्यासको निम्ति विभिन्न प्रकारको कार

सबैभन्दा नयाँ उपकरण र सुविधासम्पन्न ग्यारेज। अभ्यासको निम्ति EV, प्लगइन हाइब्रिड, हाइब्रिड आदि कारको विभिन्न लाइनअप राखिएको छ।

अध्ययन गरिरहेका विद्यार्थीतर्फबाटको मेसेज जापानमा कारको सबैभन्दा नयाँ प्रविधि सिक्न चाहन्छु

उत्पत्तिको देश भियतनाम

कार मेकानिक कोर्स 1 वर्ष
अन्गुयेन दुक फोङ्ग

भियतनाममा जापानको कार लोकप्रिय छ, मलाई पनि जापान मन पर्छ, त्यसैले जापानमा कारको सबैभन्दा नयाँ प्रविधि सिकेर कार मेकानिक बन्ने लक्ष्य राखेर जापान आउने निर्णय गरेँ। जापानी भाषा सुन्न र टेक्निकल शब्द बुझ्नमा गाह्रो छ तर शिक्षकहरूले सपोर्ट गरिदिनुहुन्छ। त्यसैले ढुक्क भई क्लासमा सिक्न सकिन्छ। विभिन्न सपोर्ट भएकोले धेरै रमाइलो अनि सजिलो छ।


स्नातकतर्फबाटको मेसेज सबैभन्दा नयाँ मेकानिक स्किल र राष्ट्रिय योग्यता हासिल गरेर जापानमा सक्रिय भई काम गर्ने लक्ष्य राखौं

उत्पत्तिको देश कजाकिस्तान

टोकियो सुबारु कम्पनी कोकुबुन्जि पसल मेकानिक
बैसागोभ रूस्लान कार मेकानिक कोर्स 2017 साल स्नातक

निहोन कोगाकुइन हाचिओजि भोकेसनल कलेजबाट स्नातक गरेर अहिले टोकियो सुबारुको मेकानिक भएको छु। काम गर्ने ठाउँमा अरू राष्ट्रका व्यक्तिहरू थुप्रै छन्। कलेजमा राम्रोसँग मेकानिक प्रविधि सिकेर राष्ट्रिय योग्यता हासिल गर्नुभयो भने तपाईंहरू पनि जापानमा सक्रिय भई काम गर्न सक्नुहुन्छ!

शिक्षकतर्फबाटको मेसेज जापानको कार उद्योगमा यो कलेजमा स्नातक गरेका थुप्रै विदेशी विद्यार्थीहरूले सक्रिय भई काम गर्दै छन्!

ग्रेड 1 कार मेकानिक कोर्स/कार मेकानिक कोर्स
कोर्स चिफ आकुचु हिरोमिचु

हरेक वर्ष विदेशी विद्यार्थीहरू सबैले चाहेको कम्पनीमा काम पाएका छन्। स्नातकपछि जापानको कार र इम्पोर्ट कार जुन भए पनि डिलरको मेकानिकको रूपमा फ्रन्ट लाइनमा सक्रिय भई काम गर्दै छन्। कार मेकानिक कोर्समा विभिन्न कम्पनीको कारहरूमा अभ्यास गराइने भएकोले विभिन्न कम्पनीमा काम पाउने अवसर छ। जापानको कार, इम्पोर्ट कार, ठूलो कार, दुई पांग्रे आदि, कुन कम्पनीमा काम गर्ने भनेर आफैले रोजेर लक्ष्य राख्न सक्नुहुन्छ। अनि अर्को पुस्ताको मोबिलिटी विचार गर्दै EV, HV, AI, IT आदिको शिक्षामा पनि ध्यान दिइरहेका छौं। निहोन कोगाकुइनमा सँगै पढौं!

कलेज गाइडुबक निःशुल्क पठाउँछौँ।

ओपन क्याम्पस + त्रायल क्लासमा कार मेकानिकको अनुभव गरौं!